३ मंसिर २०८१, सोमबार
सत्ता गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई भोट दिन अपिल गरेका छन् । गठबन्धनका शीर्ष नेताहरुले आफ्ना उम्मेदवारको नामावली सार्वजनिक गर्दै उनीहरुका लागि भोट मागेका हुन् ।
आइतबार प्रधानमन्त्रीको सररकारी निवास निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि संयुक्त विज्ञप्ति जारी भोटका लागि अपील जारी गरेका छन् ।
आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर भएको भन्दै उनीहरुले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक उल्लेख गरेका छन् ।
संयुक्त अपीलमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नाउपा अध्यक्ष रञ्जिता चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर रहेको छ ।