९ मंसिर २०८१, आईतवार
साताको पहिलो दिन शेयर बजार उच्च अंकले बढेर २१ सयको बिन्दु पार गरेको छ ।
आइतबार नेप्से परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ बिन्दुमा अडिएको छ । यस दिन बजारमा १ करोड ६६ लाख ५ हजार २३४ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार ८०६ रुपैयाँको करोबार भएको छ । गत साताको अन्तिम कारोबारका दिन परिसूचक ०.६२ अंकले घटेर बन्द भएको थियो ।
आजको कारोबारमा हिमालयन पावर पार्टनर, कालिका पावर कम्पनी, तिरथम पावर कम्पनी, मध्य भोटेकोशी जलविद्युत कम्पनी र माथिल्लो मैलुुङ जलविद्युत लिमिटेडको सेयर सकारात्मक सर्किटका साथ सर्वाधिक नाफामा रहेका छन् ।
त्यस्तै, कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड ३५ करोड ६८ लाख रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।
आइतबार बजार पूँजीकरण ३३ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ ।