सोमबार सेयर बजारमा ३१ अंकको गिरावट

होमल्याण्ड खबर

२०८० माघ ८ गते, सोमबार १६:३८ मा प्रकाशित

साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ३१ दशमलव ४९ अंकले घटेर २,०९८ को विन्दुमा कायम भएको छ ।

सोमबार ३६ कम्पनीको मुल्य बढेको छ भने २०९ कम्पनीको मुल्य घटेको छ । आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ङादी ग्रुप पावर कम्पनीको ३१ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै अपी पावर कम्पनीको २४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै अपर साङ्गे हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् । आशा लघुवित्तका लगानकिर्ताले ६ दशलमव ६९ प्रतिशतका दरले कमाएका छन् ।