सुनिल पौडेलसहित २ जना पक्राउ

होमल्याण्ड खबर

२०८० माघ १० गते, बुधबार १६:२४ मा प्रकाशित

 नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।

गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको हो । दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । त्यही सिलसिलामा उनीहरुमाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको थियो । अख्तियार स्रोतले भन्यो, ‘पटकपटक बोलाउँदा नआएपछि उनीहरुमाथि निगरानी बढाइएको थियो, आज पक्राउ गरिएको हो ।’

अख्तियारले दुवै जनालाई भोलि विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।