३ मंसिर २०८१, सोमबार
लुम्बिनी प्रदेश अन्तर्गत दुई सिटका लागि आज भइरहेको राष्ट्रिय सभा निर्वाचनमा अहिलेसम्म ४१ प्रतिशत मत खसेको छ । दाङको घोराही स्थिति कर्मचारी मिलन केन्द्रमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरूका लागि दुई छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
अहिलेसम्म प्रदेशसभातर्फ ८७ मत मध्ये ३४ र स्थानीय तह तर्फ २१८ मत मध्ये ९४ मत खसेको छ । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य र दुई सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी तीन सय ५ जना मतदाता रहेका छन् । अन्य तर्फ एक जना र महिला तर्फ एक जना गरी दुई सिटका लागि ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
गठबन्धनका तर्फबाट महिला कोटामा नेपाली काङ्ग्रेसकी विष्णुदेवी सापकोटा एमालेबाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिंह र अन्य कोटामा गठबन्धनबाट माओवादीका झक्कु सुवेदी , एमालेबाट झपेन्द्र बहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बाल गोविन्द चौधरिले प्रतिस्पर्धा गर्दैछन् ।