नयाँबानेश्वरकाे सडकमा गुडिरहेको बस भासियो

होमल्याण्ड खबर

२०८० माघ १२ गते, शुक्रबार १२:१६ मा प्रकाशित

काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बस गुडीरहेको बेला भासिएको हो ।

सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बा ३ ख ३७६२ नम्बरको बस कोल्टे परेको छ । बस भासिएलगत्तै यात्रु बाहिर निस्किएका थिए । ट्राफिक प्रहरीहरुले उक्त बसलाई त्यहाँबाट हटाउन समन्वय गरिरहेका छन् ।