९ मंसिर २०८१, आईतवार
आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।
टस हारेर पहिला बलिङ गरेको नेपालले पहिलो र दोस्रो ओभरमा विकेट लिएको छ । नेपालका लागि गुलसन झा र आकाश चन्द आफ्नो पहिलो ओभरमा नै विकेट लिएका हुन् ।
पहिले बलिङ गर्ने नेपालले आफ्नो टिममा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले दुर्गेश गुप्ता र उत्तर मगरको स्थानमा तिलक भण्डारी र दीपक बोहरालाई प्लेइङ ११ मा राखेको छ ।