९ मंसिर २०८१, आईतवार
आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।
बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अल आउट हुँदै १४५ रन बनाएको हो ।
अफगानिस्तानका लागि एएम घजानफरले सर्बाधिक ३७ रन बनाएका थिए भने कप्तान नासीर खानले ३१, हसन एसाखिलले २० तथा फरिदुन दाउदजाईले २९ रन बनाएका थिए ।
अफगानिस्तानले एक समय ८८ रनमा ८ विकेट गुमाएकोमा नवौं विकेटका लागि फरीदून दाउदजाइ र कप्तान नासिर खानले ५५ रनको साझेदारी गरेका थिए ।
त्यसैगरी नेपाली बलर आकाश चन्दले सर्वाधिक ५ विकेट लिएका थिए । यस्तै दिपेश कँडेलले २ तथा गुलशन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक/एक विकेट लिएका थिए ।