संसदीय दलको बैठक सिंहदरबारमा जारी

होमल्याण्ड खबर

२०८० माघ २२ गते, सोमबार १०:३१ मा प्रकाशित

नेकपा माओवादी केन्द्रकाे संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बसिरहेको छ। आज देखी सुरू हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो । सो बैठकमा संसदमा पार्टी कसरी प्रस्तुत हुने र बिधेयकलगायत पार्टीको पोजिसनको बिषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदको बैठकमा पार्टीको प्रस्तुती र अडानका बारेमा दिशा निर्देश गरिरहेका छन् ।