९ मंसिर २०८१, आईतवार
आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिममा घट्ने प्रयासमा थियो । तर, कारोबार सकिनुभन्दा १० मिनेटको अन्तरालमा नै १४ अंकको वृद्धि आएपछि दोहोरोको अंकले बढेर बन्द भएको हो । आज २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको ७४ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको मूल्यमा भने गिरावट आएको छ । यस्तै, १३ वटा कम्पनीको मूल्य भने स्थिर छ ।