मुगुमा आगलागी हुँदा दाजु-बहिनीको मृत्यु

होमल्याण्ड खबर

२०८० माघ २२ गते, सोमबार १६:५० मा प्रकाशित

मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु-बहिनीको मृत्युु भएको छ ।

जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

डीएसपी थापाका अनुसार स्थानीय लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो ।

‘आज बिहान ६ बजेतिर आगलागी भएको र दुई बालबालिका फेला नपरेको भन्ने खबर आएपछि जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो’,  ‘पछि प्रहरीले दुईवटा जलेका शरीर भेटेको थियो ।’