१ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने माओवादीको निर्णय

होमल्याण्ड खबर

२०८० फाल्गुन ३ गते, बिहीबार १७:०० मा प्रकाशित

नेकपा माओवादी केन्द्रले १ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। पार्टीको विधान अधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको एक नेताले जनाएका छन् ।

माओवादीको प्रस्तावित मस्यौदा विधानमा १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको थियो । तर, विधान अधिवेशन हलले संख्या बढाएको हो ।

यस्तै कार्यालय ११ जनाको बनाउने स्थायी कमिटी केन्द्रीय समितिको एक तिहाइ सदस्य संख्याको बनाउनेलगायतका निर्णय पनि भएको छ ।