आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्बको बजेट ल्याउने

होमल्याण्ड खबर

२०८० फाल्गुन ४ गते, शुक्रबार ११:१९ मा प्रकाशित

आगामी आर्थिक वर्ष २०८१–८२ को अनुमानित बजेटको आकार घोषणा भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी दिएका हुन् ।

शुक्रबार मन्त्रालयमा बजेट र बजेट संशोधनका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेटको सिलिङ दिएको बताए ।

राष्ट्रिय योजना आयोगको सिलिङ भित्र रहेर सरकारले आर्थिक वर्षको बजेट ल्याउनुपर्ने हुन्छ ।