देशको ठूलो राजनीतिक संकट संवैधानिक अस्थिरता हो : पूर्वसभामुख ढुंगाना

होमल्याण्ड खबर

२०८० फाल्गुन ४ गते, शुक्रबार १३:२९ मा प्रकाशित

पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान खतरामा परिसकेको दाबी गरेका छन् ।

बिहीवार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले संविधानमा देशको विगतकै नियति दोहोरिन लागेको बताए । उनले संविधानका असंगतिमा छलफल गर्ने बेला भइसकेको पनि बताए । उनले देशको सबैभन्दा ठूलो राजनीतिक संकट भनेको संवैधानिक अस्थिरता नै रहेको बताए ।

उनले भने–‘संविधानका असंगतिमा छलफल गर्ने बेला भइसकेको छ । यो राष्ट्रव्यापी छलफल हुनुपर्छ । कुरा संवैधानकि परिषद्, न्यायपरिषद् र इजलासको मात्रै होइन । समग्र संविधानलाई हेर्दा म के देख्छु भने कन्फिक्ट जन्माउने संविधान भइरहेको छ । संविधान खतरामा परिसकेको छ । संविधानमा हाम्रो राष्ट्रको जुन नियति छ त्यो दोहोरिँदै छ । हाम्रो देशको सबैभन्दा ठूलो राजनीतिक संकट भनेको संवैधानिक अस्थिरता हो । संविधान जति गणतान्त्रिक हुनुपर्ने हो त्यति भएको छैन ।’

पूर्वसभामुख ढुंगानाले संविधान गणतान्त्रिक हुन नसकेको बताए ।