सरकारविरुद्ध आन्दोलनमा उत्रियो अनेरास्ववियु

होमल्याण्ड खबर

२०८० फाल्गुन ६ गते, आईतवार १५:२० मा प्रकाशित

नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

यही फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा बसेको तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । अनेरास्ववियुले सरकारले विभिन्न प्रकरणमा संलग्नलाई जोगाउने, माफियालाई पोस्ने काम गरेको भन्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

यस्तै, विद्यालय शिक्षासम्बन्धी विधेयक सुझावसहित पारित गर्न माग गरिएको छ । संगठनले विधानबमोजिम केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनीत गर्दा ३० वर्षसम्मको उमेर समूहको मापदण्डलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न पनि माग गरिएको छ ।