क्यानडाविरुद्ध जितका लागि नेपालले पायो २ सय ४१ रनको लक्ष्य

होमल्याण्ड खबर

२०८० फाल्गुन ८ गते, मंगलवार १३:१९ मा प्रकाशित

क्यानडा–११ विरुद्ध एकदिवसीय सिरिजको दोस्रो खेलमा जितका लागि नेपाल ‘ए’ले २ सय ४१ रनको लक्ष्य पाएको छ ।

मूलपानीस्थित क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ४९.४ ओभरमा अलआउट हुँदै २ सय ४० रन जोड्यो ।नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । क्यानडा भने सिरिज क्लिन स्विप गर्ने लक्ष्यका साथ मैदान उत्रिएको छ ।

नेपाल ‘ए’ले आज टोलीमा दुई परिवर्तन गरेको छ । विनोद भण्डारी र प्रतिश जिसीको स्थानमा शेर मल्ल र रिजन ढकाल आएका छन् । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपको कप्तानीमा नेपाल मैदानमा छ । तीन खेलको शृंखलामा नेपाल पहिलो जितको खोजीमा छ । शृंखलामा पहिलो खेलको नतिजा क्यानडाले आफ्नो पक्षमा पारेको थियो ।

आइतबार मूलपानी मैदानमै भएको खेलमा नेपाल ‘ए’ विरुद्ध क्यानडा–११ ले चार विकेटको जित निकालेको थियो ।