३ मंसिर २०८१, सोमबार
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन यही फागुन १६ गते सुरु हुने भएको छ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रिपरिषद् बैठकको सिफारिसमा १६ फागुनको दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।
गण्डकी प्रदेशको हिउँदे अधिवेशन आह्वान भए पनि प्रदेशसभामा पर्याप्त बिजनेस भने छैन । हाल बीउ-बिजन सम्बन्धी र आम सञ्चार विधेयकमात्र प्रदेश सभामा विचाराधीन छ ।