३ मंसिर २०८१, सोमबार
सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाल जेठमा हुने पार्टीको महाधिवेशनको तयारीमा जुटेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पार्टीको कार्यकारिणी बैठक बसेको हो ।
बैठकमा जेठ २८, २९ र ३० गते पार्टीको महाधिवेशनबारे छलफल भएको बताए । उनले राजनीतिक समिति, केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरूको कार्यान्वयनको बारेमा पनि समीक्षा हुने बताए ।
उनले भने, ‘केन्द्रीय कार्यकारिणी बैठकमा जेठ २८, २९ र ३० गते पार्टीको जुन ऐतिहासिक महाधिवेशन हुँदैछ, त्यसको तयारीका बारेमा छलफल हुँदैछ । राजनीतिक समिति, केन्द्रीय समितिको बैठक एक महिनाअघि बसेको थियो । त्यसले गरेको निर्देशहरू कार्यान्वयन गर्ने, महाधिवेशनका लागि विभिन्न प्रतिवेदनहरूको मस्यौदा समितिहरू बनाउने, भौतिक तयारीका कार्यक्रम छन् ।’
उनले महाधिवेशनका लागि विभिन्न प्रतिवेदनहरूको मस्यौदा समितिहरू बनाउनेबारेमा पनि छलफल भएको बताए ।