माओवादी केन्द्रको स्थायी समिति बैठक सर्‍याे

होमल्याण्ड खबर

२०८० फाल्गुन १३ गते, आईतवार १२:३१ मा प्रकाशित

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बिहान ११ बजेका लागि बोलाइएको बैठक अपराह्न ३ बजेका लागि सारिएको हो ।

यसअघि गत शुक्रबार बस्ने भनिएको स्थायी समिति बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यवस्तताका कारण आज बिहान ११ बजेका लागि सारिएको थियो ।

आजको बैठकमा पदाधिकारीसहित नेताहरुको जिम्मेवारी हेरफेर गर्ने कार्यसूची रहेको छ भने बैठकमा अभियानबारे समीक्षा र तराई मधेश अभियान चलाउने निर्णय भए पनि कार्यविभाजन गर्न बाँकी रहेको छ। जुन आज सकाउने बुझिएको छ ।

साथै, माओवादीले रूपान्तरण अभियानमा सक्रिय रहेका तीन नेतालाइ सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाइ सजायँ गर्ने पनि जनाइएको छ ।