आगामी आर्थिक वर्षको ‘बजेटका सिद्धान्त र प्राथमिकता’ सदनमा प्रस्तुत

होमल्याण्ड खबर

२०८० फाल्गुन १४ गते, सोमबार १४:०२ मा प्रकाशित

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गरेका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् । सरकारले बजेट प्रस्तुत गर्नुभन्दा तीन महिना पहिलेनै छलफलका लागि प्रस्ताव पेस गरेको हो ।