विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल फागुन २१ गतेदेखि

होमल्याण्ड खबर

२०८० फाल्गुन १४ गते, सोमबार १४:३० मा प्रकाशित

 आगामी आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा फागुन २१ गतेदेखि छलफल प्रारम्भ हुने भएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेस गरेका थिए । लगत्तै सभामुख देवराज घिमिरेले फागुन २१ गतेदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने गरी दिन तोकिएको जानकारी दिए । छलफल फागुन २१, २२, २३, ३० गते, चैत्र १, २ र ४ गते हुने उनले बताए ।

महतले छलफलमा दलिय प्रतिनिधित्वको आधारमा भाग लिन सम्बन्धित दलका पदाधिकारीले आफ्ना सांसदहरुको नाम बैठक बस्नु भन्दा एक घण्टा अगाडी नै टिपाउन अनुरोध गरे । उनले छलफलका क्रममा सांसदहरले उठाएका विषयवस्तुको टिपोटका लागि अर्थ मन्त्रालय र संघीय संसद सचिवालयलाई निर्देशन दिए ।