विवादित मन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्दैन : सूर्यबहादुर थापा

होमल्याण्ड खबर

२०८० फाल्गुन १८ गते, शुक्रबार १२:२० मा प्रकाशित

नेकपा एमालेले प्रधानमन्त्री संसदमा हराएको भन्दै खोजी गर्न सभामुखलाई ध्यानाकर्षण गराएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सांसद सूर्यबहादुर थापाले प्रधानमन्त्री हराएको भन्दै खोजी गर्न सभामुखलाई ध्यानाकर्षण गराएका हुन् ।

‘प्रधानमन्त्रीको खोजी गर्नुपर्यो । संसदले उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि संसद स्थगित गर्नुपर्ने हो ? खोजी गरियोस्’, निरन्तरको रुलिङ हुँदा पनि प्रधानमन्त्री जवाफ दिन नआएको भन्दै उनले भने ।

उनले बालकुमारी घटनालगायतका विषयमा सभामुखले फागुन ६ देखि प्रधानमन्त्रीलाई जवाफ दिन रुलिङ गरेपनि प्रधानमन्त्री अनुपस्थित नभएर छोरीको नगरपालिकातिर गएको आरोप लगाए ।

उनले विवादित मन्त्रीहरुले राजीनामा नदिएसम्म र प्रमले जवाफ नदिएसम्म संसद नचल्ने घोषणा गरे ।