सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयले गरे बसमा आगजनी

होमल्याण्ड खबर

२०८० फाल्गुन २८ गते, सोमबार १४:०१ मा प्रकाशित

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयवासीले बसमा आगजनी गरेका छन् ।

सोमबार बिहान मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतोलाई ठक्कर दिएको थियो । घटनापछि आक्रोशित भीडले बसमा आगजनी गरेको हो।

बसको ठक्करबाट गम्भीर घाइते भएका महतोलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।