राष्ट्रिय सभामा शर्मा र दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत

होमल्याण्ड खबर

२०८० फाल्गुन २९ गते, मंगलवार १२:१४ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा उनले सो प्रस्ताव प्रस्तुत गरेका हुन् । काँग्रेस सांसद शर्माले २०२४ सालदेखि नै नेपालको राजनीतिक गतिविधिमा संलग्न भएकाले उहाँलाई सो पदमा निर्वाचित गराउन उपयुक्त हुने सांसद ढुंगानाको भनाइ थियो ।

यस्तै बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले गठबन्धन दलका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत भएपछि राष्ट्रियसभाले नयाँ अध्यक्ष पाउनेछ ।