३ मंसिर २०८१, सोमबार
राष्ट्रियसभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा भएको मतदानबाट उनी अध्यक्ष चुनिएका हुन् ।
दाहाल सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका थिए । उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उमेदवार बनेका युवराज शर्मालाई पराजित गरे । दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत पर्यो । शर्माका पक्षमा भने १७ मत मात्र परेको थियो ।