३ मंसिर २०८१, सोमबार
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठ (चौधरी) ले पार्टी र परिवार छुट्टै विषय भएको बताएकी छिन् ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा उनका पति रेशम चौधरी र उनको फरक मत रहेको कुरा बाहिर आएको छ । रेशम विश्वासको मत नदिने पक्षमा थिए भने श्रेष्ठ पक्षमा रहेकी छिन् ।
बुधवार प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा रेशम र आफ्नो फरक मत रहेको उल्लेख गरिन् ।
सञ्चारकर्मीले डिर्भोस हुन लागेको कुरा के हो भन्ने प्रश्नमा उनले भनिन– ‘विवाह भएको २५ वर्ष भइसकेको छ, श्रीमान् श्रीमतीबिच विभिन्न विषयमा ठाकठुक परिरहन्छ ।
डिभोर्स हुने भए पहिले हुन्थ्यो । पार्टीगत रूपमा विचार नमिलेको हो । मैले बुझाएको हो, उहाँको आफ्नै बिचार छ, मेरो आफ्नै विचार छ ।’
उनले श्रीमान् श्रीमतीले चलाएको पार्टी नभई जनताले चलाएको पार्टी भएको उनले प्रतिक्रिया दिएकी छिन् ।