३ मंसिर २०८१, सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउन संवाद थालेको छ । स्रोतका अनुसार लिम्बूलाई उम्मेदवार बनाउने विषयमा सकारात्मक संवाद छ । इलाम २ मा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गर्दै प्रचार थालेका पूर्वपत्रकार लिम्बूसँग रास्वपाका नेताहरूले
आफ्नो पार्टीको उम्मेदवार बनाउन संवाद थालेका हुन् । आकांक्षीबीच आन्तरिक छलफल गरेर शुक्रबार उम्मेदवारी टुंग्याउने रास्वपाको तयारी छ ।
योग्यता र कार्यक्षमताका आधारमा सार्वजनिक छवि भएको योग्य जोसुकै व्यक्ति हाम्रो उम्मेदवार बन्न सक्छन्, उहाँ (लिम्बू)सँग पनि संवाद भइरहेको छ । हामी शुक्रबार उम्मेदवार टुंग्याउँछौँ ।
रास्वपा महामन्त्री मुकुल ढकालले इलाम २ मा सम्भावित उम्मेदवारको रूपमा लिम्बूसँग पनि संवाद भइरहेको बताए । ‘योग्यता र कार्यक्षमताका आधारमा सार्वजनिक छवि भएको योग्य जोसुकै व्यक्ति पनि हाम्रो उम्मेदवार बन्न सक्छ, उहाँ (लिम्बू)सँग पनि संवाद भइरहेको छ,’ महामन्त्री ढकालले भने, ‘हामीले शुक्रबार उम्मेदवार टुंग्याउँछौँ ।’