३ मंसिर २०८१, सोमबार
राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा हुने उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाएको छ । आज बसेको संसदीय समितिको बैठकले युवा नेता लक्ष्मी गुरुङलाई उम्मेदवार छनोट गरेको हो ।
गुरुङ राप्रपानिकट विद्यार्थी संगठन राप्रविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । हाल उनी राप्रपा शिक्षा विभागका सदस्य छन् । इलाममा आउँदो वैशाख १५ उपनिर्वाचन हुँदैछ ।