२ मंसिर २०८१, आईतवार
प्रमुख प्रीतपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग दोहोर्याएको छ । रास्वपा सभापति लामिछाने गृहमन्त्री हुनासाथ छानबिन प्रक्रिया रोकिएको भन्दै कांग्रेसले यसबाट विश्वासको संकट उत्पन्न भएको जनाएको छ ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सांसद रामकृष्ण यादवले भने, ‘आरोप टुंग्याउन सहयोग गर्नुहोस् । सत्यतथ्य बाहिर नल्याएमा यसले तपाईंलाई कहिल्यै छोड्ने छैन ।’
विगतमा सहकारीको पैसा अपचलनमा लामिछानेको नाम जोडिएर सार्वजनिक हुँदा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुखले संसदीय समितिको बैठकमा छानबिन भइरहेको बताएपनि अहिले छानबिन प्रक्रिया अवरुद्ध भएको यादवले बताए ।
छानबिन प्रक्रिया रोकिँदा विश्वासको संकट उत्पन्न भएको उनको भनाइ छ । ‘अनुसन्धान अलपत्र पर्यो । सरकारबाटै अनुसन्धान प्रभावित भएकाले विश्वासको संकट उत्पन्न भएको छ’ उनले भने । उनले छानबिन समितिबाट यसलाई टुंग्याउने विषयमा सहयोग गर्न पनि लामिछानेलाई आग्रह गरेका छन् ।