९ मंसिर २०८१, आईतवार
सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । यसैक्रममा बिहीबार सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला ४० रुपियाा बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३४ हजार र तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ३ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ६ सय ५० रुपियाँमा कारोबार महासंघले जनाएको छ । सुनचाँदी दुबैको मूल्य बढेर आज अर्को रेकर्ड कायम भएको छ ।