कांग्रेसको निर्णय- ईलाममा खड्का र बझाङमा सिंह उम्मेदवार

होमल्याण्ड खबर

२०८० चैत्र २२ गते, बिहीबार १६:५७ मा प्रकाशित

नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाएको छ । आज बसेको बोर्ड बैठकले इलाम क्षेत्र नम्बर २ मा डम्बर खड्का र बझाङ १ (क) मा अभिषेक सिंहलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

खड्का पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।  आगामी वैशाख १५ गते यी दुई क्षेत्रमा उपनिर्वाचन हुँदै छ ।

संसदीय बोर्ड बैठकले खड्का र सिंहलाई उमेदवार बनाउने निर्णय गरेको हो । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोर्डले खड्कालाई टिकट दिने निर्णय गर्दै कार्य सम्पादन समितिलाई सिफारिस गरेको छ ।

पदाधिकारी र कार्यसम्पादन समितिको बैठक बसेर बोर्डको निर्णयलाई अनुमोदन गर्ने कांग्रेसका ती नेताले बताए ।  यसअघि संस्थापन र इतरसमूह टिकटका विषयमा लामो छलफलमा जुटेका थिए । इतर समूहले भेषराज आचार्यलाई टिकट दिनुपर्ने बताएका थिए ।