नेपाल ‘ए’ लाई आयरल्यान्डले दियो २ सय ८५ रनको लक्ष्य

होमल्याण्ड खबर

२०८० चैत्र २५ गते, आईतवार १३:३४ मा प्रकाशित

काठमाडौंमा जारी एक दिवसीय क्रिकेटमा आयरल्यान्ड उल्भ्सले नेपाल ‘ए’ लाई २ सय ८५ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेबाट शुरु भएको खेलमा उल्भ्सले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर १८४ रन बनायो।

उल्भ्सका लागि स्टीफन डोहेनीले शतकीय पारि खेले। उनले १२६ बलमा आफ्नो शतक पूरा गरे। १२९ बलको सामना गरेको डोहेनीले १०७ रनको पारि खेले। उनलाई रिजन ढकालले आउट गरे ।

यस्तै, पिटर मुरले ४४ रन, मोर्गन टोप्पिङ २१ रन, फियोन ह्याण्ड २०,म्याथ्यु हम्फ्रेज १९ रनको जोड्दा क्याप्टेन निल रक १ रन बनाएर आउट भए।

नेपालका लागि अर्जुन कुमार र रिजन ढकालले समान तीन-तीन विकेट लिदा, विकाश आग्री, रुपेश सिंह र साहब आलमले समान एकरएक विकेट लिए।

यसअघि भएका दुई खेलमा नेपालले हार व्यहोर्दै सिरिज भने गुमाइसकेको छ।