२ मंसिर २०८१, आईतवार
गृहमन्त्री रवि लामिछानेसँगै देशभरका सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ। यसैलाई लिएर संसद्मा विरोध जनाउँदै आएको छ।
कांग्रेसले चैत २७ गते बस्ने प्रतिनिधि सभाको बैठकअघि संसदीय छानबिन समिति गठन हुनुपर्ने अल्टिमेटम दिएको छ। त्यतिञ्जेल समिति गठन भएमा संसद् चल्न नदिने कांग्रेसले जनाएको छ।
त्यसअघि चैत २७ गते बिहान ८ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाइएको छ। बैठकमा संसद्को आगमी बैठकको तयारीका विषयमा छलफल हुने जनाइएको छ।