१४ मंसिर २०८१, शुक्रबार
देशका विभिन्न स्थानका जंगलमा डढेलो सल्कने क्रम बढेसँगै काठमाडौं उपत्यका सहित विभिन्न शहरी क्षेत्रमा वायु प्रदूषण खराब स्तरमा पुगेको छ।
वायुको गुणस्तरको तथ्यांक राख्ने एक्यूआईसीएनका अनुसार काठमाडौंका कैयौं स्थानमा आइतबार वायुको गुणस्तर अत्यन्तै अस्वस्थकर रहेको हो। वायुमा पार्टिकुलेट म्याटर ९पीएम० २।५ भनिने आँखाले देख्न नसकिने धूलोको कण प्रतिघनमिटर २०० भन्दा माथि पुगेमा धेरै अस्वस्थकर वायु मानिन्छ।
आइतबार मध्याह्नपछि काठमाडौंका कैयौं स्थानका वायु प्रदूषण रेकर्ड गर्ने स्टेशनहरूले सोही स्थिति देखाएका छन्। मन्डिखाटारमा अपराह्न सर्वाधिक धेरै पीएम २।५ को मात्रा ३०० नाघेको छ। यो खतराजनक स्थिति हो। रत्नपार्कमा पनि वायु प्रदूषण निकै अस्वस्थकर पाइएको छ।
हावामा पीएम २।५ को मात्रा प्रतिघनमिटर ५० भन्दा तल भएको हावालाई स्वस्थकर मानिन्छ। ५० देखि १०० सम्मको स्थितिलाई सामान्य प्रदूषण मानिन्छ। पीएम २।५ को मात्रा प्रतिघनमिटर १०० देखि १५० सम्म भएमा बालबालिका, रोगी लगायत समूहका लागि अस्वस्थकर मानिन्छ। हावामा पीएम २।५ को मात्रा १५० देखि २०० पुगेमा सबै समूहका लागि अस्वस्थकर र २०० भन्दा बढी भएमा अत्यन्तै अस्वस्थकर मानिन्छ।
नेपाल संसारमै उच्च वायु प्रदूषण हुने देशमध्ये पर्छ। दुई साताअघि सार्वजनिक विश्व वायु गुणस्तर प्रतिवेदन, २०२३ ले संसारकै उच्च वायु प्रदूषण भएका मुलुकमध्ये नेपाल आठौं स्थानमा रहेको उल्लेख गरेको छ। गत वर्ष नेपाल १६औं स्थानमा थियो। यसले सन् २०२३ मा नेपालको वायु प्रदूषण थप खराब भएको देखाएको छ।
जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञद्धण्ढडड