निर्मला हत्या प्रकरणः थप चार जनाको डिएनए पनि मिलेन

होमल्याण्ड खबर

२०७५ कार्तिक ३० गते, शुक्रबार १५:१९ मा प्रकाशित

निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा शंकास्पद थप चार जनाको डिएनए परीक्षण म्याच नभएको कञ्चनपुर प्रहरीले बताएको छ ।

‘पछिल्लो पटक शंकास्पद चार जनाको डिएनए परीक्षण रिर्पोट नेगेटिभ आयो, अनुसन्धान जारी नै छ आवश्यक्ता अनुसार अरुको पनि परीक्षणका लागि पठाउन सकिन्छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जनाए ।

शंकास्पद चारजनाको रगत संकलन गरि कार्तिक दोस्रो साता विधिविज्ञान प्रयोगशाला पठाएको र आज जिल्ला सरकारी वकिलको कार्यालयमा डीएनएको गोप्य रिपोर्ट खोलिएपनि त्यो म्याच नभएको प्रहरी नायव उपरिक्षक ओझाले जानकारी दिएका छन् । प्रहरीले उनीहरुको नाम भने खुलाउन चाहेन । यसअघि दिलिपसिंह विष्टसँगै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट उनका छोरा किरण विष्ट, स्थानीय आयुस विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गराएको थियो । ती सवै रिपोर्ट नेगेटिभ थिए ।

१० गते साथी रोशनी वमको घरमा निस्किएकी भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन् ।