कैलालीमा दिदिबहिनी एउटै कोठामा मृत फेला

होमल्याण्ड खबर

२०८० चैत्र २७ गते, मंगलवार १२:४८ मा प्रकाशित

कैलालीको घोडाघोडी नगरपालिका–१० का कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको छ ।

चौधरीका २७ वर्षीया छोरी श्रीमालु चौधरी र २२ वर्षीया ईन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी)

पदमबहादुर बिष्टले बताए । दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिएपनि कारण पत्ता लागेको छैन् । प्रारम्भिक अनुसन्धानका क्रममा जेठो छोरी केही वर्षदेखि मुटु रोग र कान्छी छोरी डिप्रेशनको औषधी खाइरहेको बुझिएको एसपी विष्टले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।