वैशाख ६ गतेका लागि कोशीको विशेष अधिवेशन आह्वान

होमल्याण्ड खबर

२०८० चैत्र २८ गते, बुधबार १६:५१ मा प्रकाशित

कोशी प्रदेशसभाको विशेष अधिवेशन आगामी वैशाख ६ गतेका लागि बोलाइएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका एक चौथाइ भन्दा बढी प्रदेशसभा सदस्यहरूले दिएको पत्रको आधारमा उक्त अधिवेशन बोलाएका हुन् ।

बुधबार सूचना जारी गर्दै प्रदेश प्रमुख खापुङ्गले संविधानको धारा १८३ को उपधारा ३ अनुसार वैशाख ६ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन्।