एन्फा महिला लिग छनोटको तालिका सार्वजनिक

होमल्याण्ड खबर

२०८१ बैशाख २ गते, आईतवार १५:५६ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा महिला लिग–२०२४ छनोटको खेल तालिका सार्वजनिक गरेको छ।

आइतबार सार्वजनिक भएको खेल तालिका अनुरुप छनोट वैशाख ७ देखि २० सम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने छ ।

छनोटमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम, मधेस, कर्णाली, कोशी, बागमती, र गण्डकी प्रदेश गरी कुल ७ टोली रहेका छन्।

सिंगल राउन्ड रोबिनमा खेलाइने सो छनोटको पहिलो खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेश आमने सामने हुनेछन्। छनोटमा शीर्ष ३ टोलीले लिग चरणमा स्थान पक्का गर्ने छन्।

खेल तालिका: