२ मंसिर २०८१, आईतवार
नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक आगामी शनिबार र आइतबार बस्ने भएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा बिहान ११ बजेबाट सुरु हुने बैठकमा ६ वटा प्रतिवेदन पेस गर्ने तयारी रहेको पार्टी महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । जसमा राजनीतिक, संगठनात्मक र केन्द्रीय निकाय (लेखा, अनुशासन, निर्वाचन) आयोगको अलग अलग प्रतिवेदन प्रस्तुत हुने छन् ।
उनका अनुसार सो बैठकमा २१ सय ५३ जना महाधिवेशनका प्रतिनिधिहरू सहभागी हुनेछन् । त्यस्तै पार्टीका विभिन्न आयोगका प्रतिनिधि पनि सहभागी हुने उनले बताए ।