बैंकहरुको ब्याजदर २ वर्षयताकै सस्तो, कसकाे कति ?

होमल्याण्ड खबर

२०८१ बैशाख ३ गते, सोमबार १५:२० मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाको ब्याजदर दुई वर्षयताकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले बैंकहरुको ब्याजदर करिब २ वर्षयताकै सस्तो देखाएको हो ।

पछिल्लो पटक बैंकहरुको औसत आधारदर २०७८ माघमा ८.४९ प्रतिशत थियो । त्यसपछि आधारदर बढ्ने क्रममा रह्यो । त्यसको एक वर्षपछि २०७९ पुसमा १०.८५ प्रतिशतसम्म औसत आधारदर पुग्यो । बैंकपिच्छे नै फरक फरक आधारदरका कारण कुनै कुनै बैंकको ऋणको ब्याजदर अचाक्ली महँगो भयो ।

ऋणको ब्याजदर महँगो हुँदा लगानी गर्न नसकिने भन्दै व्यवसायीहरु घटाउनुपर्ने लबिङमा उत्रिए । २०७९ फागुनसम्म आइपुग्दा बैंकहरुको औसत आधारदर ८.७७ प्रतिशतमा झर्‍यो । यो दुई वर्षयताको सस्तो आधारदर हो । ऋण प्रवाहमा आधारदरलाई महत्वपूर्ण इन्डिकेटरको रुपमा हेरिन्छ ।