हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

होमल्याण्ड खबर

२०८१ बैशाख ७ गते, शुक्रबार १०:५१ मा प्रकाशित

आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख भारु जरिवाना गरिएको छ ।

गएराती सम्पन्न पञ्जाब किंग्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण कप्तान पाण्डेयलाई १२ लाख जरिवाना गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ ।

कप्तान पाण्डेयले निर्धारित समयभित्र आफ्नो टिमको २० ओभर बलिङ पुरा गर्न सकेका थिएनन् । अब हार्दिकले फेरी यो गल्ति दोहोराएमा उनलाई यस भन्दा ठुलो जरिवाना हुने बोर्डले जनाएको छ ।

यस सिजनमा स्लो ओभर रेटका लागि गुजरात टाइटन्सका कप्तान शुभमन गिल र दिल्लीका कप्तान ऋषव पन्तलाई पनि जरिवाना गरिसकिएको छ ।