सुनको मुल्य तोला ७ सय रुपयाँले बढ्यो

होमल्याण्ड खबर

२०८१ बैशाख ७ गते, शुक्रबार ११:२६ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य बिहीबारको तुलनामा तोलामा ७ सय रुपैयाँले बढेर रेकर्ड कायम गरेको हो ।

आज छापावाल सुनको मूल्य तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बैशाख ४ गते सुनको मूल्य तोलाको १ लाख ३९ हजार २ सय रूपैयाँ कायम हुँदै रेकर्ड कायम गरेको थियो ।

शुक्रबार तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।