नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

होमल्याण्ड खबर

२०८१ बैशाख ७ गते, शुक्रबार १३:४६ मा प्रकाशित

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ ।

ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पुरै ओभर खेलेर ९ विकेट क्षतिमा ११९ रन बनाएको हो ।

नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए । उनले ४० बलमा ४ चौका र दुई छक्काको मद्धतमा ५० रन जोडे । गुल्शन झाले २०, करण केसीले १७ रन बनाए । अन्यको प्रदर्शन उल्लेख्य रहेन ।
ओपनर कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा आसिफ शेखले ८ रन बनाए । कप्तान रोहितकुमार पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट भए ।

यूएईका लागि जुनैद सिद्दिकी, अली नसीर र बासिल हमिदले २/२ विकेट लिए ।