आईपीएल क्रिकेटमा आज चेन्नई र लखनउ खेल्दै

होमल्याण्ड खबर

२०८१ बैशाख ११ गते, मंगलवार १३:१६ मा प्रकाशित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्ट्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि चेन्नईमा शुरु हुनेछ ।

चेन्नई तालिकाको चौथो र लखनउ पाँचौँ स्थानमा छ । यो सिजन चेन्नई र लखनउले अहिलेसम्म ७ खेलमा समान ४ जित हासिल ८ अङ्क जोडेका छन् । साविक विजेता चेन्नई आईपीएल क्रिकेटमा सबैभन्दा सफल टोलीमध्येको एक हो ।

गए राति भएको खेलमा मुम्बईलाई ९ विकेटले हराएको राजस्थान आठ खेलमा १४ अङ्कसहित शीर्षस्थानमा यथावत् छ ।