झापामा जीपको ठक्करबाट मोटरसाइकलमा सवार ३ जनाको मृत्यु

होमल्याण्ड खबर

२०८१ बैशाख १२ गते, बुधबार १०:२९ मा प्रकाशित

झापाकाे शिवसताक्षी–८ झिलझिलेमा आज (बुधबार) बिहान दुई सवारी आसपसमा ठोक्किँदा तीन जना युवकको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र।१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किदा  मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।  मृतकको सनाखत हुन बाँकी छ ।