जनकपुरको होटलमा एक युवक मृत फेला

होमल्याण्ड खबर

२०८१ बैशाख १२ गते, बुधबार ११:३१ मा प्रकाशित

जनकपुरमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

पिडारी चोकस्थित नमुना होटेल एण्ड गेस्ट हाउसमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ का २५ वर्षीय मित कुशियैत यादव मृत भेटिएका हुन् । होटलको कोठा नम्बर २०४ मा झुन्डिएको अवस्थामा कुशियैतको शव भेटिएको धनुषा प्रहरीले जनाएको छ ।

बेलुका ७ बजे कुशियैतले कोठा बुक गरेका थिए । ढोका खुल्लै राखेर उनी झुण्डिएको अवस्थामा राति ११ बजे फेला परेका हुन् ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ । मृत्युको कारण खुलेको छैन ।