८ मंसिर २०८१, शनिबार
देशको दारुण अवस्थाले विदेशीन बाध्य भएकाहरु लाई सरकारको पछिल्लो कार्यशैलीले झनै विचलित तुल्याएको छ । विदेशी भूमिमा विभिन्न ब्यावधानका बाबजुत काम गरिरहेका नेपाली चेलीहरुले बलत्कार हत्या र हत्यारा लुकाउने प्रपञ्च विरुद्ध खवरदारी कार्यक्रम गरेका छन् । उनीहरुले कञ्चनपुरमा केही महिना अघि सामुहिक बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको सम्झनामा शोक सभा र दीप प्रज्वलन पनि गरेका छन् । साईप्रसमा रहेका विभिन्न संघसंस्थाको सामूहिक उपस्थितिमा निर्मलाको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गरेका छन् ।
उक्त खबरदारी सभामा बोल्ने वक्ताले निर्मलाको परिवारलाई न्याय दिन र देशमा अब कसैले पनि निर्मलाले झै बिना कारण मर्न नपर्ने व्यवस्था गराउन पनि नेपाल सरकारसँग माग गरेको छ । उनीहरुले सो दिनलार्इ कालो दिनको सम्झनामा आफूहरुले शोक सभा गरेको नेपाली जनसम्पर्क समिति साईप्रसकी सभापति सीता अर्यालले जानकारी दिइन् । अर्यालले आफूलाई निकै शक्तिशाली ठान्ने सरकारले सामाजिक न्याय कायाम गर्न आग्रह गरेकी थिइन् । नेपाली जनसम्पर्क समिति साईप्रसको सक्रियतामा नेपाली झण्डा सहित नेपालीहरुको उपस्थिति रहेको शोकसभामा समितिको तर्फबाट प्रतिनिधित्व अध्यक्ष अर्यालको रहेको थियो ।
त्यस्तै, एनआरएनएको तर्फबाट शान्ति राई, संघीय समाज फोरमको तर्फबाट तारा लिम्बू , राई समाजको तर्फबाट संगम राईले संस्थागत प्रतिनिधित्व गरेका थिए । कार्यक्रममा सन्ध्या गिरीले महिला हिंसा सम्बन्धी कविता वाचन गरेकी थिइन् ।