वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

होमल्याण्ड खबर

२०८१ बैशाख १३ गते, बिहीबार ११:३४ मा प्रकाशित

नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव र आकास चन्द रहेका छन् ।

यस अघि वेस्ट इन्डिज ए टिम बुधबार नै काठमाडौँ आइसकेको छ ।

सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ । टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् ।