सत्ता समीकरण रहने वा नरहने ओलीकाे हातमा : मातृका यादव

होमल्याण्ड खबर

२०८१ बैशाख १३ गते, बिहीबार १२:२५ मा प्रकाशित

नेकपा(माओवादी केन्द्र)का उपमहासचिव मातृकाप्रसाद यादवले सत्ता समीकरण रहने वा नरहने विषय एमाले अध्यक्ष केपी शर्मा ओलीमा भर पर्ने बताएका छन् । वर्तमान सरकार ढाल्न कांग्रेस र एमालेबिच पहिलेदेखि नै कसरत भए पनि सफल नहुने उनको बुझाइ छ ।

‘कांग्रेस र एमालेबिच समीकरण बनाउन अहिलेदेखि भएको होइन । चुनाव भएदेखि नै भएको हो । यी कसरत कुनै नयाँ विषय होइन । त्यो चलिराखेकै छ ।

समीकरण भत्काउन गगनजी लगायत नेताहरू लागिराख्नु भएको छ । बोलिराख्नुभएको छ । तर तत्काल सरकार ढल्ने म देख्दिन । यो समीकरण रहने वा नरहने विषय ओलीमा भर पर्छ । उहाँले चाहनुभयो भने रहन्छ, चाहनु भएन भने रहँदैन’, बिहीबार उनले भने ।

साथै नयाँ समीकरण बनाउने बेला संघको मात्र हिसाब किताब भएकाले समस्या आएको उनको बुझाइ छ । समीकरण भत्काउनुअघि सबै प्रदेशको हिसाब गरेको भए समस्या नआउने उनको भनाइ छ ।