उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति

होमल्याण्ड खबर

२०८१ बैशाख १३ गते, बिहीबार १६:१५ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकको वैशाख १० गतेको निर्णय र प्रधानमन्त्रीको सोही निर्णयको पत्रका आधारमा सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

वैशाख १५ मा इलामा २ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ